हामी नेपाली

पौरखी छौ हामी नेपाली
नाम हाम्रो वीर गोर्खाली
चन्द्र र सुर्य अन्कित झन्दा
प्यारो छ देश आफू भन्दा
हिमाल,पाहाड चाहे होस तराइ
हुनुहुन्न कोहि यहाँ पराइ

हिमाल झै अटल हामी,स्वाभिमानी छौ
सबै मिलि गित एउटै गाउँ
हाम्रो एउटै नाम , एउटै छ पहिचान
हामि नेपाली, हामि गोर्खाली
हामी नेपाली, हामी गोर्खाली

शान्तिको प्रतीक बुद्ध हाम्रो
खोला,नाल,हिमाल,झर्ना राम्रो
भाषा, भेष भुषा छन थरी थरी
तर नेपालिपन यो छाति भरि
थुङा थुङा गाँसिएका हामी माला
बचाइ राखौ हाम्रो सन्स्कृती अनि कला

हिमाल झै अटल हामी,स्वाभिमानी छौ
सबै मिलि गित एउटै गाउँ
हाम्रो एउटै नाम , एउटै छ पहिचान
हामि नेपाली, हामि गोर्खाली
हामी नेपाली, हामी गोर्खाली

सगरमाथा शिर, मेची कोशी छ पाउ
सान्तिको अभाव भो,बुद्ध तिमी फर्की आउ
नेपाल आमा रुन्छिन बल्झिदा आलो घाउ
हत्या , हिन्शा विवेदता पर तिमी परै जाउ

हिमाल झै अतल हामी,स्वाभिमानी छौ
सबै मिलि गित एउतै गाउँ ……

Leave a comment